९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको समस्या सम्बोधन गर्न ६ महिनाभित्र मोबाइल एप आउँछ : श्रम मन्त्री

१७ माघ २०७९, मंगलवार १२:१२

माघ १७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकले आफ्ना समस्या बताउन र ती समस्या समाधानको लागि ६ महिनाभित्र मोबाइल एप ल्याइने बताएका छन् । श्रम मन्त्रीको पदभार लिएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले विश्वभरबाट निःशुल्क रुपमा श्रमिकले आफ्ना समस्याका बारे जानकारी गराउन पाउने गरी मोबाइल एप ल्याउन लागिएको बताए । 


उनले मन्त्रालयमा रहेको कल सेन्टरको नामलाई परिवर्तन गरी ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’ बनाइएको बताए । श्रम मन्त्रालयमा ५ वर्षदेखि नै श्रमसम्बन्धी गुनासा सुन्न कल सेन्टर स्थापना भएको थियो । यो सेन्टरलाई श्रम मन्त्रीहरुले सधैं नाम हेरफेर गर्दै आएका छन् । अर्यालले केन्द्रमा आएका गुनासालाई उचित समयमै समाधान गर्न समय कार्ड लागू गरिएको बताए ।

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको ब्यवस्थापन गरिएको उनले जानकारी दिए । ‘अध्यागमनमा वैदेशिक रोजगारमा जानेहरुको लागि भनेर राखिएको छुट्टै लाइन हटाइएको छ । अब एनआरएनका अध्यक्षदेखि, भीआईपी प्रयोग नगर्ने मन्त्री वा सचिवहरुसँगै लाइन हुनेछ’, उनले भने, ‘विदेश जाँदै गर्दा काठमाडौं विमानस्थलमै अपहेलित महसुस हुने वातावरण अन्त्य भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो