१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल

२० माघ २०७९, शुक्रबार ०७:३२

माघ २०, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियाे बनाउनेबारेमा छलफल भएको हो ।


बैठकपछि बोल्दै श्रम मन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली कामदारलाई पनि मलेसियाका नागरिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनुभयो । उहाँले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मलेसियासँग श्रम सम्झौतामा नवीकरण गर्ने बेला भएको छ । नेपाली कामदारलाई मलेसियाका कामदार सरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृह मन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार सात सय ६८ जना श्रमिक मलेसिया गएका र ती मध्येबाट एक लाख ८५ हजार जना निर्माण क्षेत्रमा आबद्ध रहेको बताउनुभयो । त्यस्तै ७० हजार जना सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ । उहाँले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो । उहाँले कामदारका लागि ज्यालामा पनि वृद्धि गर्ने गरी नीति बनाएको बताउनुभयो । 

तीन दिने नेपाल भ्रमणका क्रममा बिहीवार बेलुकी आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो