असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस र सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन्, राष्ट्रपति (भिडियो सहित)

६ आश्विन २०७३, बिहीबार ११:२९


असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान्चौर एकिकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन् । विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा फिल्मको विशेष शो गरिएको हो । 

नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योतिले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पुर्याउने सहयोगका विषयलाई समेटिएको ज्योतिलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । 

दिपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ । संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो । 

फिल्ममा हास्य खुराक र मनोरञ्जनसँगै बाल अधिकारको कुरा समेटिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ज्योतिमा जुन कुराहरु देखाइएको छ त्यसको व्यवहारिक प्रयोग गर्ने उद्देश्यका साथ गिरान्चौर एकिकृत बस्ती विकास भइरहेको पनि उनले बताएका छन् । 

समाज बालमैत्री भएमा धेरै परिर्वतनहरु सम्भव रहेको उनको भनाई छ । चलचित्र हेरिसकेपछि बोल्ने वक्ताहरुले फिल्मको प्रशंसा गरेका छन् । फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको सफलतालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । चलचित्रको विशेष शोसँगै युट्युबमा पनि सार्वजनिक गरिएको छ । 

हेर्नुहोस् पुरा भिडियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव