असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस र सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन्, राष्ट्रपति (भिडियो सहित)

२०७३, ६ आश्विन बिहीबार ११:२९


असोज, काठमाडौँ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । 

गिरान्चौर एकिकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन् । विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा फिल्मको विशेष शो गरिएको हो । 

नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योतिले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पुर्याउने सहयोगका विषयलाई समेटिएको ज्योतिलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । 

दिपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ । संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो । 

फिल्ममा हास्य खुराक र मनोरञ्जनसँगै बाल अधिकारको कुरा समेटिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ज्योतिमा जुन कुराहरु देखाइएको छ त्यसको व्यवहारिक प्रयोग गर्ने उद्देश्यका साथ गिरान्चौर एकिकृत बस्ती विकास भइरहेको पनि उनले बताएका छन् । 

समाज बालमैत्री भएमा धेरै परिर्वतनहरु सम्भव रहेको उनको भनाई छ । चलचित्र हेरिसकेपछि बोल्ने वक्ताहरुले फिल्मको प्रशंसा गरेका छन् । फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको सफलतालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । चलचित्रको विशेष शोसँगै युट्युबमा पनि सार्वजनिक गरिएको छ । 

हेर्नुहोस् पुरा भिडियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक