२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भुवन केसीलाई नीर शाहको चेतावनी– तपाईंलाई स्थापित गर्नेले विस्थापित पनि गर्न सक्छन्

२२ आश्विन २०८०, सोमबार ०९:५५

असोज २२, काठमाडौँ | चित्रकर्मीले सिनेक्षेत्रको विकासका लागि सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड नै बाधक रहेको बताएका छन् । सञ्चार मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको उनीहरूको भनाइ छ । बोर्डलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा चलचित्रकर्मीको जोड छ । 

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा, २०८० मार्फत मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको कलाकार नीर शाहको जिकिर छ । त्यसले चलचित्र क्षेत्रलाई थप धराशायी बनाउने उनको भनाइ छ ।

“हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौँ,” उनले भने, “यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले यो विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन् ।” उनले स्वतन्त्र चलचित्र आयोग बनाउन सरकारलाई सुझाव दिए ।

सोमबार काठमाडौंमा चलचित्र निर्माता संघको साधारणसभामा उनले चलचित्रकर्मी र यस क्षेत्रको अधिकार र उन्नयनका निम्ति काम गर्ने बोर्डलाई मात्र आफूहरूले आफ्नो ठान्न सक्ने बताए । अन्यथा, बोर्ड चलचित्रकर्मीको हुन नसक्ने उनले उल्लेख गरे ।

बोर्डको उद्देश्य र भावनाबाहिर गएर अध्यक्ष भुवन केसीले काम गरिरहेको उनको आरोप छ । “चलचित्रकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो,” भुवनलाई नीरले भने, “होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट चलचित्रकर्मीले विस्थापित पनि गरिदिन्छन् ।”


चलचित्रकर्मीको भावनाअनुसार विधेयक नल्याइए र बोर्डको कार्यशैलीमा परिवर्तन नगरिए सडक आन्दोलन गर्ने उनले चेतावनी दिए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रको विकास र विस्तारका निम्ति मन्त्रालय र बोर्ड गम्भीर नभएको आरोप लगाए । “नेपालभित्रै कति कुरा व्यवस्थित गर्न सकिएको छैन, विदेशी बजारको कुरै भएन,” नवलले भने, “चलचित्र क्षेत्रलाई उद्योगसरह मान्यता दिने सरकार नै कार्यान्वयनमा भने बेखबर छ ।” सरकारले चलचित्र क्षेत्रलाई असहयोग गरिरहेको उनको टिप्पणी छ ।

कलाकारलाई गहनाका रूपमा लिँदा समस्या उत्पन्न भएको उनले बताए । उनले कलाकार र कलाकारिता क्षेत्र समाजको मेरुदण्ड भएको धारणा व्यक्त गरे ।

विधेयकको मस्यौदाले बोर्डलाई थप अधिकारविहीन बनाउने प्रयत्न गरेको भन्दै यसलाई स्वतन्त्र बनाउनुपर्नेमा उनले जोड दिए । प्रशासनलाई खुसी बनाउन बोर्ड लागिपरेको नवलको आरोप छ । “बोर्डलाई स्वतन्त्र बनाउँदा सरकारको के बिग्रिन्छ ?,” उनको प्रश्न छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विधेयकको मस्यौदा छलफलकै चरणमा रहेकाले मिलाउन सकिने बताए । “यो ड्राफ्ट मात्रै हो, यसमा परिमार्जन गर्न सकिन्छ,” उनले भने, “चलचित्रकर्मी, विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेर मस्यौदालाई अन्तिम रूप दिने हो ।”

सरकारले सरोकारवालाको विचार र सुझाव लिएर नीति तर्जुमा गर्ने गरिएको उनले स्पष्ट पारे । “शासकीय व्यवस्थाको परिवर्तनअनुसार ऐन–कानुन परिवर्तन गर्नुपर्छ,” सचिव राउतले भने, “सबैको भावना समेटिनेमा ढुक्क हुन म आग्रह गर्छु ।” उनले चलचित्रमार्फत कला–संस्कृतिको विकास र विस्तार हुने कुराको कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल