१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक, हरिहरको ‘एंग्री योङम्यान’ लुक्स

१३ श्रावण २०८१, आईतवार ११:३१

साउन १३, काठमाडौँ । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई ‘एंग्री योङ्गम्यान’को रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्मको पोस्टरमा हरिहरसहित कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार समेत फिचर्ड छन् । केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ । पोस्टरले दर्शकलाई उत्साहित बनाउने निर्देशक पन्तको विश्वास छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित छायाकार कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा बन्ने यो फिल्मलाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार