२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लगायो ५ तीज गीतमा प्रतिबन्ध

२०८१, १४ श्रावण सोमबार ०७:२३

साउन १४, काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । 

आगामी तीजलाई लक्षित गर्दै बजारमा ल्याइएका ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका ५ गीतमाथि प्रतिबन्ध लगाइएको हो  । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीतले तीजको मौलिक परम्परा माथि प्रहार गरेको र धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रलाई ठुलो क्षति पुर्‍याउने देखिएको भन्दै प्रतिबन्ध लगाएको हो ।

‘हिन्दु नेपाली महिलाहरूको महान् पर्व ‘हरितालिका तीज – २०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरूलाई प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्दै आएको संस्था हो । त्यसैले गीतहरूलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरूमा जानकारी गराउँदछौ ।’ ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले देशभरका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यममा यस्ता विकृतिजन्य गीतहरूलाई स्थान नदिनसमेत अनुरोध गरेको छ । 

‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ ‘दिउँला बरिलै’ कविता खत्री र भागिरथ चलाउनेको स्वर रहेको छ, भने ‘मादलु घन्काउँदै’मा प्रिति आलेको स्वर छ ।

त्यस्तै ‘टिकटकमा भाइरल हल्लाएरै हो’ केशर ओली र सुमन थापाको स्वर, ‘बिस्ताराले पोल्यो’ शान्तिश्री परियार र हरि गिरीको स्वर र ‘चियर्स बियर’मा प्रिति आले र प्रकाश शर्माको स्वर रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै