२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपकराज गिरीको कटाक्ष: ‘राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ’

२०८१, ९ भाद्र आईतवार ०७:३७

भदौ ९, काठमाडौँ । यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ रिलिज हुन लागेको जनाएका हुन् । अरु बेलाजस्तो उनको स्टाटसमा कसैप्रति कटाक्ष र आलोचना गरिएको छैन ।

तर, दीपकको स्टाटसमा कमेन्ट भने ‘छक्का पञ्जा ५’सँग भिड्न लागेको अर्को फिल्म ‘१२ गाउँ’लाई लिएर बढी छ । धेरैले यसपटक ‘१२ गाउँ’ हेर्ने भन्दै कमेन्ट गरेका छन् । एकाध कमेन्ट असोज २४ मै आउन लागेको अर्को फिल्म ‘ज्वाइँ साब’लाई लिएर पनि छ । यसरी आफ्नो स्टाटसमा आफ्ना प्रतिस्पर्धी फिल्मको नाममा कमेन्ट वर्षेपछि दीपकले यसलाई ‘साइबर सेना’को संज्ञा दिएका छन् ।


शनिबार उनले स्टाटस लेख्दै भनेका छन्, ‘राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ । तर, ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाई गाली गर्नुभन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने ।’ उनको यो कटाक्ष ‘१२ गाउँ’का निर्देशक तथा अभिनेता विराज भट्ट र आफ्नै समूहबाट छुटिएर ‘ज्वाइँ साब’ भिडाउन लागेका अभिनेता जितु नेपालप्रति रहेको प्रष्ट बुझिन्छ ।

विराजले ‘छक्का पञ्जा ५’को गीत रिलिजको भोलिपल्ट असोज २४ गतेलाई ‘१२ गाउँ’को प्रदर्शन मिति घोषणा गरेका थिए । र, त्यही दिन जितु अभिनीत ‘ज्वाइँ साब’को पनि प्रदर्शन मिति घोषणा गरिएको थियो । जितुसँग दीपकराज समूहको पानी बाराबार नै छ । कुनै समय एउटै डुङ्गामा यात्रा गर्ने उनीहरु अब बक्स अफिसमै आमने-सामने हुँदैछन् । यो उनीहरुका लागि प्रतिष्ठाको लडाइँ हो ।

तर, दीपकराज समूहलाई ‘ज्वाइँ साब’भन्दा पनि ‘१२ गाउँ’ टाउको दुखाई बन्न सक्ने देखिँदैछ । किनभने, ‘छक्का पञ्जा ५’को गीत र दीपकराजले लेख्ने हरेक स्टाटसको कमेन्टमा ‘१२ गाउँ’को नाम धेरै देखिन्छ । हुन त दीपकराज समूहका लागि यो नौलो भने होइन । यसअघि पनि उनीहरुले यो अवस्था धेरै झेलिसकेका छन् । तर, हरेकपटक बक्स अफिस नतिजा उनीहरुको पक्षमा नै देखिन्छ ।

यद्यपि, यतिबेला ‘छक्का पञ्जा ५’का गतिविधिमा ‘१२ गाउँ’कै नाम बढी आउनुलाई सामान्य भने मान्न सकिँदैन । किनकि, विराजको आफैंमा गजब क्रेज छ । त्यसमाथि यसपटक उनका छोरा पनि छन् । यसैले युवापुस्ता आकर्षित हुनसक्ने सम्भावना प्रवल देखिन्छ । अब ‘छक्का पञ्जा ५’का गतिविधिमा ‘१२ गाउँ’को प्रचार गरिरहेको भीड फिल्म हेर्न चाहिँ कति उत्रिन्छ, त्यसले ठूलो अर्थ राख्नेछ ।

पछिल्लो समय फिल्म क्षेत्रमा साइबर सेना खटाउने प्रवृत्ति भने व्यापक मौलाएको छ । एउटै मितिमा ठूला फिल्महरु भिड्दैछन् भने सामाजिक सञ्जाल जताततै फिल्मको राम्रो मात्र प्रचार गर्न र अर्को फिल्मको कमी-कमजोरी निकालेर मजाक उडाउन साइबर सेना लगाउने गरिन्छ । र, यसका लागि निर्माताले नाम कहलिएका कलाकारलाई तिर्ने पारिश्रमिकभन्दा ज्यादा खर्च गर्ने गरेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने