१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपकराज गिरीको कटाक्ष: ‘राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ’

९ भाद्र २०८१, आईतवार ०७:३७

भदौ ९, काठमाडौँ । यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ रिलिज हुन लागेको जनाएका हुन् । अरु बेलाजस्तो उनको स्टाटसमा कसैप्रति कटाक्ष र आलोचना गरिएको छैन ।

तर, दीपकको स्टाटसमा कमेन्ट भने ‘छक्का पञ्जा ५’सँग भिड्न लागेको अर्को फिल्म ‘१२ गाउँ’लाई लिएर बढी छ । धेरैले यसपटक ‘१२ गाउँ’ हेर्ने भन्दै कमेन्ट गरेका छन् । एकाध कमेन्ट असोज २४ मै आउन लागेको अर्को फिल्म ‘ज्वाइँ साब’लाई लिएर पनि छ । यसरी आफ्नो स्टाटसमा आफ्ना प्रतिस्पर्धी फिल्मको नाममा कमेन्ट वर्षेपछि दीपकले यसलाई ‘साइबर सेना’को संज्ञा दिएका छन् ।


शनिबार उनले स्टाटस लेख्दै भनेका छन्, ‘राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ । तर, ती सेनाका सेनापतिले आफ्ना सेनालाई अरूलाई गाली गर्नुभन्दा आफ्नै प्रचार मात्रै गर्न लगाए हुने ।’ उनको यो कटाक्ष ‘१२ गाउँ’का निर्देशक तथा अभिनेता विराज भट्ट र आफ्नै समूहबाट छुटिएर ‘ज्वाइँ साब’ भिडाउन लागेका अभिनेता जितु नेपालप्रति रहेको प्रष्ट बुझिन्छ ।

विराजले ‘छक्का पञ्जा ५’को गीत रिलिजको भोलिपल्ट असोज २४ गतेलाई ‘१२ गाउँ’को प्रदर्शन मिति घोषणा गरेका थिए । र, त्यही दिन जितु अभिनीत ‘ज्वाइँ साब’को पनि प्रदर्शन मिति घोषणा गरिएको थियो । जितुसँग दीपकराज समूहको पानी बाराबार नै छ । कुनै समय एउटै डुङ्गामा यात्रा गर्ने उनीहरु अब बक्स अफिसमै आमने-सामने हुँदैछन् । यो उनीहरुका लागि प्रतिष्ठाको लडाइँ हो ।

तर, दीपकराज समूहलाई ‘ज्वाइँ साब’भन्दा पनि ‘१२ गाउँ’ टाउको दुखाई बन्न सक्ने देखिँदैछ । किनभने, ‘छक्का पञ्जा ५’को गीत र दीपकराजले लेख्ने हरेक स्टाटसको कमेन्टमा ‘१२ गाउँ’को नाम धेरै देखिन्छ । हुन त दीपकराज समूहका लागि यो नौलो भने होइन । यसअघि पनि उनीहरुले यो अवस्था धेरै झेलिसकेका छन् । तर, हरेकपटक बक्स अफिस नतिजा उनीहरुको पक्षमा नै देखिन्छ ।

यद्यपि, यतिबेला ‘छक्का पञ्जा ५’का गतिविधिमा ‘१२ गाउँ’कै नाम बढी आउनुलाई सामान्य भने मान्न सकिँदैन । किनकि, विराजको आफैंमा गजब क्रेज छ । त्यसमाथि यसपटक उनका छोरा पनि छन् । यसैले युवापुस्ता आकर्षित हुनसक्ने सम्भावना प्रवल देखिन्छ । अब ‘छक्का पञ्जा ५’का गतिविधिमा ‘१२ गाउँ’को प्रचार गरिरहेको भीड फिल्म हेर्न चाहिँ कति उत्रिन्छ, त्यसले ठूलो अर्थ राख्नेछ ।

पछिल्लो समय फिल्म क्षेत्रमा साइबर सेना खटाउने प्रवृत्ति भने व्यापक मौलाएको छ । एउटै मितिमा ठूला फिल्महरु भिड्दैछन् भने सामाजिक सञ्जाल जताततै फिल्मको राम्रो मात्र प्रचार गर्न र अर्को फिल्मको कमी-कमजोरी निकालेर मजाक उडाउन साइबर सेना लगाउने गरिन्छ । र, यसका लागि निर्माताले नाम कहलिएका कलाकारलाई तिर्ने पारिश्रमिकभन्दा ज्यादा खर्च गर्ने गरेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार