विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफ"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा मेरो प्रस्तुति हुने भएकोमा म अति उत्साहित छु: राजेश पायल राई

२४ फाल्गुन २०७३, मंगलवार १४:२१


विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफु अत्यन्तै उत्साहित भएको बताए l 

उनले अगाडी भने आफुले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो पहिलो प्रस्तुति हुने भएकोमा निकै रमाएको र एक प्रकारको खुसि छाएको बताएका छन् l 

आफुले आफ्ना चर्चित गीत पुराना तथा नया गीतको समेत कोसेली लिएर अफ्रीका जाने भएकोले नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफुलाई साथ दिन आग्रह नेपाल बाटै गरेका छन् l मातृभूमि भन्दा सात समुन्द्र पार गै अफ्रिकन मुलुक नाईजेरिया मा नेपालीहरु पुगी नेपाली कला ,संस्कृतिलाई जगेर्ना तथा प्रबर्धन गर्न नेपाली समुदायले देखाएको उत्सुकता तथा पहल गरेको देख्दा आफुलाई गौरव लागेको बताए l 

परदेशमा व्यस्त समय बाबजुद  समय व्यवस्थापन गरि समय निकाली कलाकारलाई समेत हौशला गर्ने नाइजेरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली प्रति कृतज्ञ भएको जनाए l उनले गैर आवासीय नेपाली संघ नाइजेरियाका पदाधिकारी तथा बिशेष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापालाई धन्यबाद दिन चाहेको बताए l 

कुराकानीको क्रममा नाइजेरियामा हुने साँस्कृतिक कार्यक्रम आफ्नो लागि ऐतिहासिक हुने र सबैलाई आफ्नो गीतमा साथ दिन र नाच्न झुम्न समेत तयार हुन् आग्रह गरेका छन् l उनले त्यहाँ पनि नेपालीहरु पुगेकोले कलाकारलाई अवसरको बाटो खुलेको बताउदै नाईजेरियामा नेपालीहरु नपुगेको भए आफुले अवसर  पाउदैनौ थियौ भने l 

गत बर्ष गैर आवासीय नेपाली संघ नाइजेरियाले लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो। संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाले यस्तो कार्यक्रमले नेपाली कला संस्कृतिको अफ्रिकामा प्रबर्द्धन गर्ने बताएका छन् । उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जानकारी दिएका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन