वाशिंगटन डीसी l अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाशिंगटन डीसी l अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य

१३ चैत्र २०७३, आईतवार ०२:४४


वाशिंगटन डीसी l अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ l आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका छन् l 

महोत्सव आगामी मे महिनाको ५ देखि ७ तारिख सम्म चल्ने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् l तयारी जोड्तोड़का साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् l 

महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताएका छन् l 

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक समिति उत्साहित भएका छन् l

महोत्सवमा मूलतः नेपालका फिचर फिल्म,वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन(सजीवता )का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ । उत्सवमा नेपाल बाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने छ । 

चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने भएको छ l महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ । 

महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । महोत्सवका निर्देशक बराईलीले डीसी क्षेत्र स्थापित तथा समुदायमा राम्रो काम गरि रहेको गैर मुनाफा सामाजिक संस्था नासो कम्युनिटी पनि आयोजक मध्ये कै प्रमुख साझेदार आयोजकमा रहने भएको बताएका छन् l प्रस्तुति: विजय थापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का