काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

"/>
११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांगीतिक क्षेत्रमा फड्काे मारेकाे कारण गायक प्रकाश कटुवाल आफै दंग (भिडियाेसहित)

१४ चैत्र २०७३, सोमबार ०२:५५


काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

रामेछाप जिल्लाको कुम्बुकास्थलीदेखि भविष्य खोज्दै काठमाण्डाै अाएका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । अाम नेपाली दर्शक र श्राेताकाे चाहना अनुसार फरक फरक प्रकृतिका गीत गाउन थालेपछि कटुवालले लोकदोहोरीमा अाफ्नाे हाइट ह्वात्तै बढाएका छन् ।

प्रकाश भन्छन् -"मेराे अहिलेसम्मकाे उपलब्धि, सम्पत्ति, गहना जे भनेपनि यीनै दर्शक र श्राेता हुन् । उनीहरूले नै मलाई अहिलेकाे अवस्थामा ल्याइपुर्याएका हुन्।" साझासबालसँग उनले थपे- "अहिलेकाे हाइट निरन्तर रुपमा कायम राख्नका स्तरीय र दर्शक श्रोताका माग बमोजिमका गीत गाउने प्रयास जारी छ ।

मेराे मेहनतलाई दर्शक श्राेताले रूचाएकाेले नै अायाेजकले मञ्चमा उपस्थित भएर प्रस्तुति दिनकाे लागि माग बढेकाे छ।" रामेछाप जिल्लामा मात्र नभई देशका विभिन्न भुभाग र विदेशमा अायाेजना गरिने महाेत्सव,साँस्कृतिक कार्यक्रम, कन्सट देखि लिएर दोहाेरी साझँसम्मका स्टेजमा पुग्न उनकाे भ्याई नभ्याई छ । अहिले उनी पुराना र स्थापित लोकदोहोरी गायक सरह आफुलाई स्थापित गर्न सफल बनेका छन् ।
पछिल्लो समय सुन्दर रामेछाप बाेलकाे गीतले गायक कटुवाल जिल्लामा सबैकाे मनमस्तिष्कमा बस्न सफल भएका छन् । जिल्लाकाे सबै भुभाग साे गीतमा समेट्न नसकेकाले अर्काे भाग- २ गीत पनि बजारमा ल्याइसकेकाे कटुवालले जानकारी दिए ।


यस्तै शनिबार राजधानीकाे चाेभारमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे निमन्त्रणामा स्टेजमा देखा परेका गायक प्रकाश कटुवालकाे प्रस्तुतीले दर्शकहरुलाई थाम्न निकै हम्मे हम्मे पर्यो । उनी स्टेजमा नपुग्दै दर्शकहरुको हुटिङ्ग र तालीले बनभाेज कार्यक्रमस्थलको माहोल नै परिवर्तन भयो ।

दर्शक दीर्घातिरको माहोल झनै तातिएपछि उनलाई मञ्चबाट झारेर बाेक्दै हुटिङ लगाउनेकाे कमी थिएन ।
रामेछापका अामाबुबा दाजुभाइसँग भेटेर रमाउन पाएपछि गायक कटुवालले भने 'अाज राजधानीकाे चाेभारमा हाेइन रामेछापकै मातृभुमीमा पुगेकाे अनुभूति भएकाे छ ।' प्रस्तुति: प्रज्वल पाैडेल । 


चाेभारमा प्रकाश कटुवालले गाएकाे 'सुन्दर रामेछाप' बाेलकाे गीतमा दर्शककाे भिड भिडियोमा हेर्नुहाेस ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ संरक्षणको पर्खाइमा कोलुङ्ग झरना बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा साढे ३३ हजार धारा जडान बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरण श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित