१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’को उत्साहजनक व्यापार, ३ दिनमा कति कमायो?

२० आश्विन २०८१, आईतवार १४:२६

काठमाडौँ | स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले उत्साहजनक व्यापार गरेको छ। घटस्थापनको अवसरमा रिलिज भएको यस फिल्मले तीन दिनमा २ करोड २५ लाख कमाइ गरेको जनाएको छ।

बिहीबारदेखि प्रदर्शनरत फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको थियो। त्यसपछि शुक्रबार र शनिबारको व्यापार वृद्धि भएको देखिन्छ। वितरक कम्पनीका अनुसार शनिबार १ करोडभन्दा बढी कलेक्सन गरेको छ।

तीन दिनमा फिल्मले नेपालभरिबाट २ करोड २५ लाख हाराहारीमा कमाएको वितरक अशोक शर्माले जानकारी दिए। उनका अनुसार काठमाडौंसहित मोफसलमा पनि दर्शकहरुको राम्रो अकुपेन्ची छ।

यस फिल्ममा स्वस्तिमा र निश्चलसहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतले अभिनय गरेका छन्।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमा सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।
यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार