१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा सोनु निगमको कन्सट हुने

२० आश्विन २०८१, आईतवार १७:५०

काठमाडौँ | बलिउडका चर्चित गायक सोनु निगम नेपाल आउँदैछन्। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा ह्यात रिजेन्सी होटल, काठमाडौँमा आयोजना हुनेछ। यो कार्यक्रमलाई नेपाली टच नेपालले आयोजना गर्न लागेको हो। यसअघि नेपाली टचले अष्ट्रेलियामा १५ वर्षदेखि विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको थियो र यो पहिलो पटक नेपालमा इभेन्ट गर्न लागेको हो।

नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीले नेपालमा अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रमको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन गर्नु र बलिउड कलासंस्कृतिलाई नेपालसँग जोड्नु रहेको छ।


कार्यक्रमका लागि टिकट बिक्री सुरु भइसकेको छ, जसलाई इसेवामार्फत खरिद गर्न सकिन्छ। टिकटहरू फेस्टिभ जेनेरल (२,००० रुपैयाँ), फेस्टिभ प्लाटिनम (४,००० रुपैयाँ), फेस्टिभ VIP सिटिङ (१०,००० रुपैयाँ), र फेस्टिभ VVIP टेबल (५०,००० रुपैयाँ) मा उपलब्ध छन्।

प्लाटिनम टिकटवालाले एक वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखि माथिका टिकटवालाले फ्री फुड एण्ड वेभरेज पाउनेछन्। VVIP टेबल टिकट खरिदकर्ताले ६ जनाका लागि टेबलको सुविधा पाउनेछन्।
कार्यक्रमका हस्पिट्यालिटी पार्टनर ह्यात रिजेन्सीका प्रमुख अमित वालियाले सोनु निगमको बसाइलाई उत्कृष्ट बनाउन कुनै कमी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रम ६ बजे देखि सुरु हुनेछ, जसलाई सञ्जय गुप्ताले सञ्चालन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार