२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपकराज गिरीलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?

७ कार्तिक २०८१, बुधबार १४:१०

काठमाडौं । निर्माता र निर्देशक सन्तोष सेनले आफूलाई ‘साइबर सेना’को कमान्डर साबित गर्न चुनौती दिएका छन्। उनले निर्माता तथा कलाकार दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई आफूलाई ‘साइबर सेना’ वा ‘साइबर स्याल’ प्रमाणित गर्न आग्रह गरेका हुन्।

उनीमाथि ‘१२ गाउँ’को पक्षमा लागेर ‘छक्का पञ्जा–५’ विरुद्ध ‘साइबर सेना’ प्रयोग गरेको आरोप लागेपछि सन्तोषले आज सामाजिक सञ्जालमा एक भिडियो मार्फत प्रमाण पेश गरेर मात्र बोल्न आग्रह गरेका छन्। “मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ? फोन, म्यासेज वा अरू कुनै तरिकाबाट?” उनले प्रश्न गरेका छन्। “अहिलेको डिजिटल युगमा सबथोक थाहा भइहाल्छ।”

साइबर सेनाको कमान्डर भएको आरोपले आफूलाई तनाव दिएको उनले बताए। “मैले घरघर गएर दर्शकलाई १२ गाउँ हेर्नू, छक्का पञ्जा नहेर्नू भनेँ? कि कसरी भनेँ? दर्शकले फरक टेस्ट चाहेका थिए,” उनले थपे। “हाम्रा लागि दर्शक भगवान् हुन्, उनलाई धन्यवाद दिने कि आरोप लगाउने हो?”

सन्तोषले आफू हरेक चलचित्रकर्मीको काम सफल होस् भन्ने चाहने निर्माता भएको बताए। उनले ‘छक्का पञ्जा–५’ पनि सफल होस् भन्ने चाहना व्यक्त गरे।

“प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो? त्यसको सत्यता पत्ता लगाऔँ, दर्शकलाई बारम्बार गाली नगरौँ,” उनले भने। “यो दर्शकको अपमान हो र सिनेमा उद्योगका लागि घाटा हो।”

यद्यपि, आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले उससँग बढी पोस्ट गर्न परेको उनले बताए। उनले आफ्नो सिनेमाको हिरो संसारकै उत्कृष्ट हुनु आवश्यक नहुनु आफ्नो गल्ती नभएको बताए।

रिलिज अघि नै सामाजिक सञ्जालमा ‘छक्का पञ्जा–५’को बहिष्कार गरौं र यो पटक ‘१२ गाउँ’ हेरौँ भन्ने पोस्ट र कमेन्टहरू आइरहेका थिए। ‘छक्का पञ्जा–५’को टिमले यसलाई साइबर सेनाको आक्रमण भनेको छ।

“एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन,” उनले भने। “घाटामा जाने सिनेमाले पनि यो उद्योगलाई अगाडि बढाउन उत्तिकै योगदान गर्न सक्छ।”

सन्तोषले दीपकराज गिरीको ब्यानरले सय करोड ग्रस कलेक्सन गरे पनि चलचित्र उद्योगका लागि अपेक्षित काम नगरेको आरोप लगाएका छन्। “तपाईंले सक्षम निर्देशक राखेर समीर भट्ट र प्रदीप खड्कजस्ता सक्षम एक्टरलाई खेलाएर चलचित्र बनाएर नेटफ्लिक्समा रिलिज गर्नु पर्थ्यो,” उनले भने। “यसले नेपाली चलचित्र उद्योगलाई अगाडि बढाउँथ्यो। हामी अंकगणितमा मात्रै सीमित भयौँ। कति थोरै लगानी गरेर कति धेरै कमाउने सोच्नुभयो, जसले व्यक्तिगतरूपमा तपाईंलाई फाइदा भयो। तर, इन्डस्ट्रीलाई फाइदा भएन।”

उनले मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव दिएका छन् र समीर भट्टको उदयलाई काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने