१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो हप्तामा कति कमायो ‘छक्कापञ्जा ५’ ले?

८ कार्तिक २०८१, बिहीबार १५:४०

काठमाडौँ  | ‘छक्कापञ्जा ५’ ले प्रदर्शनको दुई हप्तामै आक्रामक कमाइ गर्दै सफलता हासिल गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको रिपोर्ट अनुसार, दीपाश्री निरौला निर्देशित यस फिल्मले १४ दिनमा १७ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

वितरक मनोज राठीका अनुसार, काठमाडौं र मोफसल दुवै क्षेत्रमा फिल्मको कमाइ लगभग समान रहेको छ। उनले तेस्रो सप्ताहन्तमा १ करोड ३० लाखदेखि डेढ करोडसम्मको ग्रस कमाइको प्रक्षेपण गरेका छन्। राठीले भने, “तिहारको सबै बिदा जोड्दा फिल्मले २० करोडको आँकडा पार गर्ने अनुमान गरेका छौं।”

राठीले नेपाली बक्स अफिसमा हाल प्रदर्शनको तयारीमा रहेका विदेशी फिल्महरू ‘भेनम: द लास्ट डान्स’ र ‘कलिंगा’ ले खासै असर नगर्ने विश्वास व्यक्त गरे। “विदेशी फिल्महरूका आफ्नै दर्शक हुन्छन्, यसपटकको तिहार पनि नेपाली फिल्ममय हुनेछ,” उनले भने।

यसैबीच, विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ले आधिकारिक रूपमा आफ्नो कमाइ सार्वजनिक नगरे पनि १४ दिनसम्म यसको ग्रस कमाइ १८ देखि १९ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार