१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बक्स अफिसमा भुल भुलैया ३ भन्दा सिंघम अगेन माथि

२५ कार्तिक २०८१, आईतवार १४:१४

मुम्बई । गत शुक्रबारबाट रिलिज भएका दुई बलिउड चलचित्र सिंघम अगेन र भुल भुलैया ३ मध्य व्यबसायिक रुपमा पहिलो दिनदेखि हालसम्म पनि सिंघम अगेन नै माथि छ । तर यी दुबै चलचित्रले रिलिज भएको पहिलो सातामा २०० करोडको लक्ष्य पुरा गर्न सकेका छैनन् ।

दुबै राम्रा चलचित्र हुँदाहुँदै सँगै रिलिज भएको कारण व्यवसायमा प्रभाव परेको वितरकहरुको भनाई छ । रिलिजको पहिलो साता बिहिबारसम्म सिंघम अगेनले घरेलु बक्स अफिसबाट १८० करोडको व्यापार गरेको छ । यस्तै अर्को चलचित्र भुल भुलैया ३ ले पहिलो साता बिहिबारसम्म भारतमा कुल १६७ करोड रुपैयाँको ग्रस व्यापार गरेको छ ।

चलचित्र सिंघम अगेन अघिल्लो चलचित्र सिंघमको तेश्रो सृँखला हो । यसमा अजय देवन, अक्षय कुमार, टाईगर श्राफ, रणबीर सिंह, करिना कपुर, दीपिका पादुकोण, अर्जुन कपुर, जैकी श्राफ जस्ता थुप्रै स्टार कलाकारहरु रहेका छन् ।

यस्तै भुल भुलैया चलचित्रको तेश्रो सृँखला भुल भुलैया ३ हरर कमेडी जनराको चलचित्र हो । यो चलचित्रमा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षितसहितका कलाकारको शिर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार