२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बक्स अफिसमा भुल भुलैया ३ भन्दा सिंघम अगेन माथि

२०८१, २५ कार्तिक आईतवार १४:१४

मुम्बई । गत शुक्रबारबाट रिलिज भएका दुई बलिउड चलचित्र सिंघम अगेन र भुल भुलैया ३ मध्य व्यबसायिक रुपमा पहिलो दिनदेखि हालसम्म पनि सिंघम अगेन नै माथि छ । तर यी दुबै चलचित्रले रिलिज भएको पहिलो सातामा २०० करोडको लक्ष्य पुरा गर्न सकेका छैनन् ।

दुबै राम्रा चलचित्र हुँदाहुँदै सँगै रिलिज भएको कारण व्यवसायमा प्रभाव परेको वितरकहरुको भनाई छ । रिलिजको पहिलो साता बिहिबारसम्म सिंघम अगेनले घरेलु बक्स अफिसबाट १८० करोडको व्यापार गरेको छ । यस्तै अर्को चलचित्र भुल भुलैया ३ ले पहिलो साता बिहिबारसम्म भारतमा कुल १६७ करोड रुपैयाँको ग्रस व्यापार गरेको छ ।

चलचित्र सिंघम अगेन अघिल्लो चलचित्र सिंघमको तेश्रो सृँखला हो । यसमा अजय देवन, अक्षय कुमार, टाईगर श्राफ, रणबीर सिंह, करिना कपुर, दीपिका पादुकोण, अर्जुन कपुर, जैकी श्राफ जस्ता थुप्रै स्टार कलाकारहरु रहेका छन् ।

यस्तै भुल भुलैया चलचित्रको तेश्रो सृँखला भुल भुलैया ३ हरर कमेडी जनराको चलचित्र हो । यो चलचित्रमा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षितसहितका कलाकारको शिर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित