१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो)

८ पुष २०८१, सोमबार १५:३७

काठमाडौँ | चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन सुरु हुँदैछ। प्रोमो सार्वजनिक गर्दै यही पुसको तेस्रो सातादेखि सो सुरु हुने आयोजकले जनाएको छ।

यसपटक कोचबाट गायक प्रमोद खरेल बाहिरिएका छन्। उनी पहिलो सिजनदेखि नै कोचका रुपमा जाेडिरहेका थिए। प्रमोदकै कार्य व्यस्तताले यस सिजनमा उनी सहभागी हुन नसकेको सो का निर्देशक लक्ष्मण पौडेलले बताए।

‘हामीले हरेक सिजनमा नयाँ कोचसँग एग्रिमेन्ट गर्छौँ।’ उनले भने। ‘यसपटक पनि उहाँलाई एप्रोज गरेका थियौँ। उहाँका कमिटमेन्टहरु धेरै थिए। उहाँकै लागि भनेर केही समय परिवर्तन पनि गर्यौँ तरपनि उहाँको समय मिलेन।’

छैटौं सिजनमा भित्रिएका छन् लोक गायक खेम सेञ्चुरी र मेलिना राई। ‘भ्वाइस अफ किड्स’ की कोच मेलिना राई भ्वाइस अफ नेपालमा जाेडिएकी छन्। साथै सिजन ५ बाट बाहिरिएका कोच राजु लामा पनि पुनः जोडिएका छन्। त्यस्तै पाँचौँ सिजनमा भित्रिएका गायक उदय सोताङ दोहोरिएका छन्। यसपटक कोचमा राजु लामा, खेम सेञ्चुरी, मेलिना राई र उदय सोताङ देखिनेछन्।

चौथो र र पाँचौं सिजनमा भित्रिएका कोच राजेश पायल राई र मिलन नेवार पनि बाहिरिएकी छन्।

याे सिजनमा डिजिटल अडिसनमा सहभागी मध्येबाट १ सय २० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभा ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

भ्वाइस अफ नेपाल १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीतमा प्रतिस्पर्धा गर्न सक्ने सांगीतिक प्लेटफर्म हो। पहिलाे सिजनदेखि नै सो को उद्घोष सुशील नेपालले गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार