२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो)

२०८१, ८ पुष सोमबार १५:३७

काठमाडौँ | चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन सुरु हुँदैछ। प्रोमो सार्वजनिक गर्दै यही पुसको तेस्रो सातादेखि सो सुरु हुने आयोजकले जनाएको छ।

यसपटक कोचबाट गायक प्रमोद खरेल बाहिरिएका छन्। उनी पहिलो सिजनदेखि नै कोचका रुपमा जाेडिरहेका थिए। प्रमोदकै कार्य व्यस्तताले यस सिजनमा उनी सहभागी हुन नसकेको सो का निर्देशक लक्ष्मण पौडेलले बताए।

‘हामीले हरेक सिजनमा नयाँ कोचसँग एग्रिमेन्ट गर्छौँ।’ उनले भने। ‘यसपटक पनि उहाँलाई एप्रोज गरेका थियौँ। उहाँका कमिटमेन्टहरु धेरै थिए। उहाँकै लागि भनेर केही समय परिवर्तन पनि गर्यौँ तरपनि उहाँको समय मिलेन।’

छैटौं सिजनमा भित्रिएका छन् लोक गायक खेम सेञ्चुरी र मेलिना राई। ‘भ्वाइस अफ किड्स’ की कोच मेलिना राई भ्वाइस अफ नेपालमा जाेडिएकी छन्। साथै सिजन ५ बाट बाहिरिएका कोच राजु लामा पनि पुनः जोडिएका छन्। त्यस्तै पाँचौँ सिजनमा भित्रिएका गायक उदय सोताङ दोहोरिएका छन्। यसपटक कोचमा राजु लामा, खेम सेञ्चुरी, मेलिना राई र उदय सोताङ देखिनेछन्।

चौथो र र पाँचौं सिजनमा भित्रिएका कोच राजेश पायल राई र मिलन नेवार पनि बाहिरिएकी छन्।

याे सिजनमा डिजिटल अडिसनमा सहभागी मध्येबाट १ सय २० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभा ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।

भ्वाइस अफ नेपाल १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीतमा प्रतिस्पर्धा गर्न सक्ने सांगीतिक प्लेटफर्म हो। पहिलाे सिजनदेखि नै सो को उद्घोष सुशील नेपालले गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त