२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो सातामा ‘अञ्जिला’, अहिलेसम्म कति कमायो?

२०८१, १४ चैत्र बिहीबार १३:४२

काठमाडौँ | फिल्म ‘अञ्जिला’ बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।

फागुन २९ गते रिलिज फिल्म दर्शकको राम्रो साथसहित तेस्रो सातामा प्रवेश गरेको हो।

फिल्मले कमाइ पनि राम्रो गरिरहेको छ। मंगलबारसम्म (१३ दिनमा) फिल्मले ८ करोड ७० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए।

‘दर्शकले एकदमै रूचाउनुभयो। दर्शकको त्यो माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ,’ उनले भने, ‘माहोल हेर्दा फिल्म अझै लामो समयसम्म चल्ने अपेक्षा छ।’

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन्।

फिल्ममा फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ।

एन्जिलाको साथमा फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरूङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश