२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुनियाँ हल्लाएको हत्या प्रकरणः साउथका सुपरस्टारले प्रेमिकासँग मिलेर गरे फ्यानको हत्या!

२०८२, २२ श्रावण बुधबार १५:३८

काठमाडौँ | कन्नड अभिनेता दर्शनको संलग्नतामा रेनुकास्वामी हत्या प्रकरण ः एउटा प्रशंसकको ज्यान लिने क्रूरता रहेको टिप्पणी भयो।

चित्रदुर्गका ३३ वर्षीय रेनुकास्वामीको कुटपिट गरी हत्या गरिएको सनसनीपूर्ण घटनाले सम्पूर्ण कर्नाटक हल्लिएको थियो। यो हत्या कन्नड सुपरस्टार दर्शन थूगुदीपा, उनकी प्रेमिका पवित्रा गौडा र उनीसँग सम्बन्धित अन्य ११ जनाको संलग्नतामा भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

पीडित रेनुकास्वामी, जो एक फार्मेसीमा काम गर्ने व्यक्ति थिए। अभिनेता दर्शनको कट्टर प्रशंसक रहेको जनाइएको थियो।

दर्शनकी प्रेमिका पवित्रा गौडालाई उनले बारम्बार अश्लील र आपत्तिजनक सन्देशहरू पठाएको आरोप थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनले यो कार्य दर्शनको वैवाहिक जीवन बर्बाद भइरहेको भनी आक्रोशमा गरेका थिए।

हत्या कसरी भयो?
७ जून २०२४ मा, रेनुकास्वामीलाई दर्शनका सहयोगी रघुले अपहरण गरी बेंगलुरुको एक शेडमा ल्याए। त्यहाँ उनलाई लठ्ठी, बेल्ट, र इलेक्ट्रिक झटका दिइयो। पवित्रा गौडा पनि केही समयसम्म शेडमा उपस्थित रहेको प्रहरीले अनुसन्धानका क्रममा खुलाएको थियो।

पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु धेरै चोटका कारण रक्तस्राव र शोकबाट भएको थियो।

उनको एक कान काटिएको र अण्डकोष फोरेको तथ्य पनि बाहिर आएको थियो। शव सोही बर्षको ८ जूनमा सुमनहल्ली पुल नजिकको नालामा फेला परेको थियो।

अनुसन्धान र पक्राउ

९ जूनमा शव भेटिएपछि अनुसन्धानले तीव्र गति लियो। १० जूनमा चार युवाले आत्मसमर्पण गरी आर्थिक विवादमा हत्या गरेको भने पनि विस्तृत अनुसन्धानपछि थाहा भयो कि उनीहरूले दर्शनको नाम लुकाउन ५–५ लाख रूपैयाँ लिएर झुटो बयान दिएका थिए।

११ जूनमा, दर्शनलाई मैसुरुको एक जिमबाट गिरफ्तार गरियो। उनको प्रेमिका पवित्रा गौडा र अन्य ११ जनालाई समेत पक्राउ गरियो।
उनीहरूमाथि हत्या र प्रमाण नष्ट गर्ने प्रयासको मुद्दा चलाइएको थियो।

१६ जूनदेखि अदालतमा पेशी सुरु भयो। दर्शनलाई कैदी नं. ६१०६ दिइएको थियो र उनलाई प्रारम्भमा उच्च सुरक्षा कक्षमा राखिएपछि, स्वास्थ्य समस्या देखिएपछि जेल अस्पताल लगिएको थियो। पछि उनलाई अन्य विचाराधीन कैदीहरूसँग सामान्य ब्यारेकमा सारियो।

२४ जूनमा उनका सह–अभिनेता विनोद प्रभाकरले जेलमै भेट गरेका थिए। दर्शनले जेलमा वजन घटेको, डायरिया भएको, र एकपटक बेहोस भएका विवरणहरू पनि सार्वजनिक भए।

३ सेप्टेम्बर २०२४ मा दर्शन, पवित्रा र अन्य ११ जनाविरुद्ध प्रहरीले औपचारिक चार्जशीट दर्ता गरेको थियो।

८ सेप्टेम्बरमा, दर्शनले रेनुकास्वामीमाथि कुटपिट गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा