२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

लोप हुने अवस्थामा यानीमाया…

२०७४, ६ फाल्गुन आईतवार ०६:३०

सन्तोष गौतम / फागुन ६, म्याग्दी | केटा :- “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…” 

केटी:- “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । 

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको व्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको जिसीको भनाइ छ । “यानीमायालाई नबुझेर धेरैले ‘लतरे’ भाका भन्छन् र चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख विशेषता हो ।” 

राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ । अघिल्लो पुस्तासम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरिया र व्रतबन्धका समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमाया नै थियो । 

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारको निधन र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार विशेष गरेर युवाहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सञ्चोबिसन्चो सोध्ने र दिनचर्याको व्याख्या गर्ने गर्दथे । “लगातार दुई दिनसम्म यानीमाया गाएका थियौं”, थापाले भन्नुभयो “अहिले गाउने मान्छे पनि छैनन्, भाका पनि हराउँदै गएको छ ।” 

केटा:- “उर्ली आयो यानीमाया बर्खे भेल, 

आम्दै आयो छाल हहहहह यानीमाया 

दुःख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल । 

केटी:- मेरो लागि किन आयो अहिलेको साल ? 

साथीभाइ त हाँस्छन् खेल्छन् यानीमाया म वैरागी चाल” थापाले डम्मर पूर्जासँग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाउनुभयो । केटाले छाडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटा ‘आहैहै’ भनेर लामो स्वर निकाली चिच्याउँछन् । 

यानीमाया गीत गाउन एक एक केटा र केटी मुख्य कलाकार भए पनि उनीहरुलाई साथ दिने पाँच अरु सहयोगी हुन्छन् । प्रत्येक टुक्का सकिएपछि लामो स्वर निकालेर लयबद्ध रुपमा ‘यानीमाया…’ भनिन्छ । पञ्चैबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने वाद्यवादन हुन् । 

नेपाल मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगर मौलिक लोकभाका भएकाले यानीमायाको अध्ययन, अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । यानीमाया म्याग्दीको लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपयोग गर्न सकिने सचिव पुनको धारणा छ । 

नयाँ पुस्ताका कलाकारलाई यानीमायाका बारेमा तालीम र प्रशिक्षण दिएर संरक्षणमा अग्रसर बनाउन सकेमा घरबासमा यानीमाया गाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको विचार छ । हालै बेनीमा भएको म्याग्दी महोत्सवमा नेपाल मगर संघका तर्फबाट यानीमाया गीत प्रस्तुत गरिएको थियो । 

यानीमाया गाउने कलाकार जुटाउनै गाह्रो भएको सचिव पुनले अनुभव सुनाउनुभयो । यानीमाया सबै समुदायमा गाइने भाका हो । धनकुमारी थापा, डम्मर पुर्जा, खड्ग गर्बुजा, मनकुमारी छन्त्याललगायत अग्रज कलाकारले यानीमाया गीतको एल्बमसमेत तयार पार्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट