२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईनास अमेरिका द्वारा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाह सम्मानित

५ आश्विन २०७५, शुक्रबार ०४:०१

विजय थापा,सेप्टेम्बर २१, डिसी । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)अमेरिकाले वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । दुवैलाई भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक दलजोन बेलले सम्मा सम्मान गरेका छन् ।


साथै ईनासले जोन बेललाई समेत सम्मान गरेको छ । बेल डिसी नजिक रहेको लाउडन काउन्टी तथा प्रिन्स विलिएम काउन्टी क्षेत्र अन्तर्गतका जन प्रतिनिधि हुन् भने १९८१ देखि सन् २००७ सम्म वायुसेनामा राष्ट्रलाई सेवा पुर्याएका थिए भने हाल उनि भर्जिनियाका सभासद हुन् । 

साथै कमन्स वेल्थ अफ भर्जिनिया को तर्फ जोन बेलले वरिष्ठ अभिनेता निर शाह सम्मान पत्र प्रदान गरेका थिए भने यो भन्दा पहिला लोकप्रिय गायिका अन्जु पन्तलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । 

साथै ईनासले सम्मानित हुने दुवै श्रस्टाहरुलाई मायाको चिनो प्रदान समेत गरेको थियो उक्त मायाको चिनो जोन बेल तथा ईनास अमेरिकाका आनन्दु लामाले प्रदान गरेका थिए । साथै ईनासका अमेरीकाका प्रादेशिक संयोजक तथा एसिएन अमेरिकन प्यासिफिक आइल्याडर्स का नेपालका लागि सह सभापति हरि शर्मा ले खरेल तथा शाहलाई समेत मायाको चिनो प्रदान गर्नु को साथै सम्पूर्ण आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक यादव खरेललाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को मानार्थ सदस्य समेत प्रदान गरिएको छ । सम्मानित भए पछि वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले आफ्नो मन्तब्य राख्दै ईनासले सद्भाव राखेर सम्मान गरि दिनु भएकोमा खुशी व्यक्त गर्नु भयो ।  खरेलले अगाडी भन्नु भयो सबै भन्दा ठुलो मन हुन्छ त्यो मनले गर्दा सम्मान दिनु भएकोमा कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

यसै गरी वरिष्ठ अभिनेता निर शाहले आफूले चिन्नु भएका सबैको नाम लिदै मुक्त कण्ठले प्रसंशा गर्नु भयो । शाहले हाम्रो जीवनमा सब चिज छ तर हामी संग समय छैन भन्नु भयो । वहाले नेपालले अन्य चिज भन्दा कला र संस्कृतिलाई मात्र बिश्व ब्यापी बनाउन सक्छ भन्नु भयो । शाहले ईनास ले कलाकारहरुमा लुकेको प्रतिभा लाई रंगमंचमा उत्घाटित गर्नु पर्ने कुरामा जोड दिनु पर्ने भन्नु भयो । 


सम्मानित भए पछि कमन्स वेल्थ अफ भर्जिनियाले सम्मान गरेकोमा हामी सम्मानित भएका हैनौ भन्दै हाम्रो पेशा सम्मानित भएको हो भन्नु भयो । र ईनासले सम्मानित गरेकोमा ईनास तथा अध्यक्ष आनन्दु लामालाई धन्यवाद दिनु भयो । 

कार्यक्रममा ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले जिउदा श्रस्टालाई सम्मान गरौ भन्ने मूल नारा बोकेको ईनासले वहाहरु जस्ता वरिष्ठहरुलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउनु भयो । बिश्व ईनासका संरक्षिका निता श्रेष्ठले ईनास कलाकारहरुको संस्था हो भन्नु भयो । 

खरेल तथा वरिष्ठ शाहको बारेमा संक्षिप्त परिचय साहित्यकार गोविन्द गिरि प्रेरणाले गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाका प्रादेशिक संयोजक तथा ईनास अमेरिकाका सल्लाहकार हरि शर्माले बोल्नु भएको थियो । यसै गरि महाबाणिज्य दुत प्रेम राजा महतले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम संचालन ईनास भर्जिनिया शाखाका सल्लाहाकार रमेश मैनालीले गर्नु भएको थियो । उक्त सम्मान कार्यक्रममा डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय सदस्य तथा संघ/संस्थाका प्रतिनिधिहरु/पदाधिकारीहरुमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेल ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ ,नेपाल सरकारका सह सचिव नारायण प्रसाद मैनाली लगायतको उपस्थिति रहेको थियो । (इनास) अमेरिकाले स्थापना काल देखि नै आफ्ना शाखा समेतलाई समेट्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य