२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडका अभिनेता कादर खान भेन्टिलेटरमा, यस्तो छ अवस्था

१३ पुष २०७५, शुक्रबार ०३:२१

पुस १३, काठमाडौं | बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।


कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।

प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती नाजुक छ ।

कादरका छोराले उनको सन् २०१७ मा घुँडाको शल्यक्रिया गराएको पनि जानकारी दिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ