२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

२०७८, २२ फाल्गुन आईतवार ०९:४६

फागुन २२, काठमाडौँ  । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ।

यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।अब पल थप १२ दिन तनहुँ प्रहरीको हिरासतमा बस्नेछन्।

कुनै पनि अभियोगमा थुनामा रहेका व्यक्तिमाथि कम्तीमा २५ दिनभित्र र बढी ३५ दिनभित्र अदालतमा अभियोगपत्र दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ।

नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको पाँच दिनपछि पल शाहले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

उनीमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्लाबेग्दै मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल