२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्सी चढ्दा कति तिर्ने भाडा ? विमास्थलबाट ट्याक्सी चढ्दा के छ नियम ?

२०७५, ५ फाल्गुन आईतवार ०६:५०

फागुन ५, काठमाडौँ | नेपाल सरकारले सार्वजनिक भाडाका यात्रुवाहक, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर तोक्ने गरेको छ । साथै तोकिएको दरभन्दा बढी लिएको गुनाशो गरे कारवाही समेत गर्ने गरेको छ । 

पछिल्लो पटक २०७५ असोज ७ गतेको निर्णय अनुसार पहिले प्रचलनमा रहेको भाडादरमा १० प्रतिशतका दरले वृद्धि गरी समायोजन गरेको थियो । सोहि नीति बमोजिम देशभरी बिभिन्न स्थानमा चल्ने सार्वजनिक भाडाका मिटर ट्याक्सी चढ्दा प्रति कि.मी. रु. ३९ कायम गरिएको छ । यसमा फ्लयाक डाउन मूल्य रु. १४ रहेको छ । त्यसपछि प्रति २०० मिटरमा रु. ७.८० लाग्छ ।

विदेशबाट फर्केकाहरुलाई सुविधाको लागि विमानस्थलबाट चल्ने ट्याक्सीको भाडादर 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यका भित्र शहरी क्षेत्रका लागि ० देखि ५ कि.मी. सम्म ५ सय २९ रुपयाँ १० पैसा लाग्छ । ५ कि.मी. पछि भने प्रति कि.मी. रु. ७४ रुपयाँ ८० पैसा लिन पाउने नियम छ । त्यसो त विमानस्थलबाट काठमाडौँभरी जुनसुकै स्थानमा गए पनि अधिकतम १ हजार १ सय ५७ रुपयाँ २० पैसा मात्र लिन पाउन नियम छ । 

नियमानुसार भाडा बढी अशुलेको खण्डमा निस्सा सहित यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र [email protected]  वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा  email : [email protected] मा इमेल पठाई वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउन सकिने यातायात व्यवस्था बिभागले जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन