२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा यात्रुले ल्याउन पाउने सामानहरुको सूची, केके सामान ल्याउन पाउँछन् ?

२०७६, १ श्रावण बुधबार १६:५१

साउन १, काठमाडौं । सरकारले २०७३ जेठ २५ गतेको सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो । नयाँ सूचीमा विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । 

सरकारले नयाँ आर्थिक बर्षदेखि विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । ५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

त्यत्सै विदेशमा बसेका नेपाली यात्रुले दुई सय खिल्लीसम्म चुरोट भन्सार दरबन्दी बमोजिम लाग्ने महसुल तिरेर नेपाल ल्याउन पाउने सुविधा छ । तर तोकिएको परिमाण भन्दा बढी चुरोट ल्याएको खण्डमा दोब्बर थप भन्सार लाग्नेछ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने तर त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुनेछ । १ सय ग्राम सम्मको सुन ल्याउँदा भने पहिलो ५० ग्राममा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढीमा प्रति १० ग्राम ७ हजार २ सय रुपैयाँ तिरेर भित्राउन पाउने गरी वयवस्था गरिएको छ ।

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची

– ५० ग्रामसम्म सुनका गहना ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना

– गुरिया लुगाफाटो बरबिछ्यौना घर गृहस्थीका पुराना सामान

– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान,

– ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक–एक थान

– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकएक थान

– पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक–एक उपकरण

– सात किलोसम्म खाद्य परिकार

– मदिरा एक लिटरसम्म

नेपाल आउँदा ३२ इञ्चसम्मको टेलिभिजन ल्याउन कम्तिमा १ वर्ष विदेश बसेको हुनपर्ने पुरानो नियम कायम छ । तपाईँ एक बर्ष भन्दा बढी समय बैदेशिक रोजगारीमा गई नेपाल फर्कंदा ३२ इञ्चको टिभी ल्याउदै हुनुहुन्छ भने तपाइँले भन्सार तिर्नु पर्दैन । तर ३३ इन्चको टिभी ल्याउनु भएको खण्डमा भने ३३x५००=१६५०० भन्सार लाग्छ । यदी तपाइले ४२ इन्चको टिभी ल्याउनु भएको छ भने तपाइँले ४२x५५०=२३,१०० भन्सार तिर्नुपर्छ | यदी तपाइले ६५ इन्चकै टिभी ल्याउनुहुन्छ भने भन्सारमा ६५x१२००= ७८,००० तिर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन