सास | वैदेशिक रोजगारमा गएर विदामा आएकाहरुले पुन: सोहि कम्पनी वा प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन गरेर नयाँ कम्पनीमा रोजगारीमा जान सक्दछन् । जसको लागि पुन: स्वीकृति लिएर जानुपर्ने हुन्छ । यसरी विदेशबाट विदामा आएका धेरै नेपालीहरुले हामीलाई यसको प्रक्रियाबारे सोध्नुभएको छ ।
जसको लागि सर्वप्रथम https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx लिंकमा क्लिक गरि आवश्यक विवरण भर्ने र निवेदन दिनुपर्छ ।
त्यसपछि पुन: स्वीकृति लिन काठमाडौँको ताहाँचलस्थित कार्यालय वा काठमाडौँबाहिर प्रदेश नम्बर १ को विराटनगर स्थित श्रम कार्यालय, प्रदेश २ को जनकपुरस्ठित श्रम कार्यालय, गण्डकी प्रदेशको पोखरा स्थित कार्यालय, प्रदेश ५ को बुटवलस्थित कार्यालय, कर्णाली प्रदेशको सुर्खेतस्थित कार्यालय र सुदुरपस्चिमको धनगढी स्थित कार्यालय जानुपर्दछ ।
१. तोकिएको ढांचामा अनलाइन निवेदन
२. राहदानी र सोको प्रतिलिपि (भ्यालिड)
३. प्रवेशाज्ञा (भिषा)
४. प्रवेशाज्ञाको अवधि बाँकी छंदै सम्बन्धित मुलुकको प्रचलित कानुन बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करार/सम्झौता पत्रको प्रतिलिपि (यदी सक्कल प्रति उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित देशस्थित नेपाली राजदुतावासबाट Dofe को मेलमा प्राप्त हुनुपर्ने)
५. पुन: श्रम स्वीकृति माग गरेको देशमा जान यस अघि श्रम स्वीकृति लिएको निस्सा | सो नभए बैदेशिक रोजगार बिभागको वेबसाइटमा रहेको अभिलेखको प्रिन्ट कपी
६. अध्यागमन कार्यालयको प्रस्थान र आगमन हुँदाको छाप (सम्भव भएसम्म)
७. कल्याणकारी कोषमा रकम बुझाएको भौचर
८. करार अवधि समेट्ने गरी म्यादी जीवन विमा गरेको कागजात
९. रोजगार सम्झौतापत्र वा अफर लेटर (सोहि मुलुकको कम्पनी परिवर्तन भएको अवस्थामा)
१०. घरेलु कामदारको हकमा सम्बन्धित देशस्थित नेपाली राजदुतावास वा नियोगबाट अनुसूची ८ बमोजिमको सिफारिस पत्र
११. निजको वा नजिकको हकवालाको बैंक खाता नम्बर मोबाइल नम्बर र इमेल ठेगाना
प्रति व्यक्ति रु. १५००/- का दरले कल्याणकारी कोषमा रकम जम्मा गर्ने/करार अवधि सम्मको लागि विमा समितिले तोके बमोजिमको शुल्क
सबै प्रक्रिया पुरा गरि पेश गरेको तीन कार्य दिनमा प्राप्त गर्न सकिन्छ
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाण्डौ, नेपाल
टेलिफोन: + 977-1-4030667
फ्याक्स: + 977-1-4030669
इमेल: dofe_kath@dofe.gov.np
वेबसाइट: http://feo.gov.np/