२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्न छ सर्त ध्यान दिनुहोस्

१६ भाद्र २०७७, मंगलवार १५:०५

भदौ १६, काठमाडौँ | कतारमा रोजगारीका लागि गएका आप्रवासी कामदारले परीक्षण कालमै बिनाजानकारी कतार छाडे एक बर्ष कतार जान नपाउने भएका छन् । कतारमा रोजगारीमा गएकाहरुलाई ६ महिना परीक्षणकाल तोकिएको छ । 

यस अघि कतारले कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने सम्बन्धमा एतिहासिक निर्णय गरेको थियो । यसै नीति बमोजिम निम्न सर्त लागू हुन्छ । 

१. कुनै कारणले कतारमा रोजगारीमा पुगेका कामदारले परीक्षणकालभित्र रोजगारदाता छोड्न चाहेमा कतारको श्रम मन्त्रालयको विद्युतीय प्रणालीमार्फत रोजगारदातालाई सूचना दिनुपर्छ । 

२. कामदारले ६ महिनाको परीक्षणकाल सकिएपछि कम्पनी छाडेर स्वदेश फर्कन चाहेमा रोजगारदातालाई एक महिना अघिनै जानकारी दिनुपर्छ । 

३. दुई वर्षभन्दा बढी काम गरेको कामदारले कम्पनी छाडेर स्वदेश फर्कन चाहे रोजगारदातालाई दुई महिना अगाडिनै जानकारी दिनुपर्छ । 

४. दुईबर्ष नपुग्दै कतार छोड्ने कामदारले क्षतिपूर्तिबापत रोजगारदातालाई एक महिना बराबरको न्युनतम तलब फिर्ता गर्नुपर्छ । 

५. परीक्षणकाल (रोजगारीमा गएको ६ महिना) भित्रै रोजगारदाताले दिइएको जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकलाई एक महिनाको सूचना दिएर करारपत्र रद्द गर्न सक्छ । त्यसरी करारपत्र रद्द भएका श्रमिकले स्वदेश फिर्न चाहेमा घर फिर्ती टिकट भने रोजगारदाताले दिनुपर्छ । 

६. जिम्मेवारी पूरा गर्न नसक्ने श्रमिकको करारपत्र रद्द गर्नुपुर्व रोजगारदाताले एक महिना अगाडि नै कामदारलाई जानकारी दिनुपर्छ । यदि रोजगारदाताले बिनाजानकारी करारपत्र रद्द गरेमा एक महिना बराबरको न्यूनतम तलब कामदारलाई भुक्तानी गर्नुपर्छ ।

याद राख्नुहोला हाल यो नियम लागु भईसकेको छैन । यो नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान