२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेशबाट बिदामा आएर जान चाहनेहरुलाई सहज, पुन: स्वीकृति लिन यस्तो हुनेछ अबको प्रक्रिया

२०७७, २३ आश्विन शुक्रबार १६:५८

असोज २३, काठमाडौँ | कोरोना महामारीको कारण बिदामा आएर पुन: रोजगारीमा जान चाहने नेपालीहरुलाई सहज बनाइएको छ । देशिक रोजगार बिभागले यसअघि वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई अनिवार्य रुपमा सम्बन्धित कम्पनीले श्रम कर्यालयको इमेलमा एनओसी पठाउनुपर्ने व्यवस्था हटाइएपछि थप सहज भएको हो ।

नयाँ व्यवस्थासंगै अब बिदेशमा रहेको कम्पनीले श्रम कार्यालयको इमेलमा एनओसि पठाईराख्नु पर्दैन । अब सम्बन्धित कम्पनीले कामदारको इमेलमा एनओसी पठाउनुपर्छ र उक्त इमेललाई कामदार आफैले अनलाइनबाट बिभागको इमेलमा पठाउनु पर्छ । बिभागले यस सम्बन्धमा स्पष्ट पार्दै श्रम कार्यालयलाई पठाएको पत्रमा भनिएको छ 'वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनु अघि सम्बन्धित रोजगारदाता कम्पनीबाट कामदारहरुको रोजगारदाताबाट रोजगारी सुरक्षित गरिएको ग्यारेन्टी पत्र (एनओसी/ग्यारेन्टी लेटर) पेश गर्नुपर्ने हालको अवस्थामा पुन: श्रम स्वीकृतिका लागि समेत उक्त पत्र आवस्यक रहेको र पत्र प्राप्तिका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यालयको इमेलमा मगाई एनओसी/ग्यारेन्टी पत्र प्रिन्ट गर्न सेवाग्राही लाइनबा बस्नुपर्ने, प्राप्त पत्र अपलोड गर्न पटक-पटक बाहिर जानुपर्ने र श्रम स्वीकृति प्राप्तिका लागि पुन: लामबद्ध हुनुपर्ने अवस्थाले कार्यालयमा भिडभाड अत्याधिक बढिरहेको, सेवा प्रक्रिया ढिला भएको, सेवाग्राही बिचौलियाको शोषणमा पर्न सक्ने तथा कोभिड १९ को संक्रमण जोखिम समेत उच्च रहेको अवस्था छ ।' यसै बिषयलाई मध्येनजर गर्दै बिभागले यस अघिको व्यवस्थामा केहि परिवर्तन गर्न निर्देशन दिएको थियो । त्यसै पत्रको आधारमा श्रम कार्यालय ताहाचलले नयाँ सूचना जारी गरेको छ । 

सूचना अनुसार बिदामा आएर बैदेशिक रोजगारीमा जान पुन: स्वीकृति लिन आएकाहरुले आफ्नो इमेल/भैबर/म्यासेन्जर/ह्वाट्सएप लागायत अनलाइन माध्यमबाट सम्बन्धित  रोजगारदाताले पठाएको रोजगारी सुरक्षित गरिएको व्यहोराको ग्यारेन्टीपत्र/एनओसीलाई कामदार स्वयमले प्रमाणित गरी अनलाइन गरे हुने भएको छ । 

सूचना हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय