गुल्मीको शान्तिपुरमा निर्माण भयो मेलिना राईको 'म भन्दा नि' को भिडियो (भिडियो सहित)

Posted on: 06 May, 2017

चर्चित गायिका मेलिना राईको स्वरमा सज्जित 'म भन्दा नि' बोलको गितको कभर भिडियो निर्माण भएको छ | गुल्मीको शान्तिपुरमा खिचिएको गितको भिडियोमा त्रिपक्षिय प्रेम कहानी ब्यक्त गर्न खोजिएको छ |

भिडियोलाई नविन थापाले खिचेका छन् भने निर्देशन समेत उनकै छ | कमल ज्ञवालीको सम्पादनमा तयार भिडियोमा अन्जु पुन,लक्ष्मी खड्का र रमान खानले अभिनय गरेका छन् | चर्चित गित 'म भन्दा नि'को अफिसियल भिडियो निर्माण नभएपनि गितले सबै दर्शक स्रोतामा छुट्टै छाप छाड्न सफल भएको थियो |

सुरेन्द्र महर्जनको शब्दमा राज कुमारले संगीत भरेको उक्त गितको भिडियोलाई डेडीकेट क्रियसनले प्रस्तुत गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!