2026-10-02 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द

काठमाडौं । एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)मा सहभागी हुन कम्बोडिया जानुपर्ने कार्यक्रम माओवादी केन्द्रका दुई नेताले रद्द गरेका छन्।

सम्मेलनमा जाने तय भएका माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र नेता गोकर्ण प्रकाश भट्टले स्थानीय तहको उपनिर्वाचनका कारण भ्रमण रद्द गरेको बताएका छन्।

नेता भट्टले उपनिर्वाचनको तयारीमा व्यस्त हुनुपर्ने भएकाले भ्रमण नगरेको जानकारी दिए। पार्टीको बागमती प्रदेश इन्चार्ज समेत रहेका सापकोटा पनि यही कारण कम्बोडिया नगएको बताइएको छ।

भट्टका अनुसार सम्मेलनमा “शान्ति र निरुपणसँग जोडिएको विषय” र “डिजिटल युगमा भ्रमक समाचारलाई राजनीतिक दलले कसरी सम्बोधन गर्ने” भन्ने विषयमा प्रत्येक नेताले तीन-तीन मिनेटका लागि बोल्ने अवसर पाउने कार्यक्रम तय थियो। तर, “केवल तीन मिनेटको लागि लामो समय दिनुपर्ने भएकाले जाने कार्यक्रम रद्द गरिएको” उनले बताए।

उक्त सम्मेलनमा सहभागी हुने अन्य नेपाली प्रतिनिधिमा एमालेका रघुवीर महासेठ, राजन भट्टराई, कांग्रेसका सुजाता कोइराला, र दिव्यमणि राजभण्डारीलगायतका नेताहरू भने कम्बोडिया पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने