१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वीर अस्पतालमा गरियो राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना

३० मंसिर २०८०, शनिबार ०९:२६

मङ्सिर ३०, काठमाडौँ | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ ।  प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिए ।

यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् । उनले भने, “केन्द्रमा ब्रेन ट्युमरका बिरामीको तथ्याङ्क पनि राख्ने र कस्ता विरामी आउँछन् भनी त्यसको पनि अध्ययन गरिनेछ ।”

केन्द्रमार्फत नै यहि मङ्सिर २४ गतेदेखि मतिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा.श्रवणकुमार थापाले जानकारी दिए । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्मसञ्चालन गरिएको छ । 

अस्पतालमा गत आइतबारदेखि राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ । सो सेवा पनि आइतबार र बुधबार विहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ । डा.थापाले टाउकाको ट्युमर र मेरुदण्डको उपचार निःशुल्क गर्न सरकारसँग पहल भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार