डा. गोविन्द केसीले तोडे अनसन

Posted on: 18 Dec, 2023

पुस २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!