२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ लाख किशोरीलाई देशव्यापी खोप लगाइदै, मनिषा कोइराला खोपदूत

माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाईदै
२०८१, १६ माघ बुधबार १४:०९

काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छ्न् ।

यसअन्र्तगत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ । यस योजनाको प्रधानमन्त्रीबाट शुरुवात गर्ने गरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन् ।

देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरु नछुट्ने गरी कार्यक्रम अघि बढाउन मन्त्री पौडेलले उच्च अधिकारीहरुसमक्ष भनेका छन् । मन्त्रालयले क्यान्सरविजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रुपमा अघि सार्ने भएको छ ।

क्यान्सर विजेता कोइराला एचपीभीसहितका खोप कार्यक्रमका लागि दूतका रुपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताए ।

मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरु विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रुपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् ।

१६ लाख किशोरीहरुको खोप अभियानले महिलाहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरुले बताएका छन् ।

नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ