2026-09-26 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कपाल प्रत्यारोपण गराउन खोज्दा ज्यानै गुमाए

काठमाडौँ । कपाल प्रत्यारोपण गर्ने क्रममा भारतमा एक सरकारी इन्जिनियरको ज्यान गएको छ । उत्तर प्रदेशको कानपुर निवासी ३७ वर्षीय विनीत कुमार दुवेले कपाल प्रत्यारोपण गर्न खोज्दा ज्यानै गुमाएका हुन् । टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार घटना दुई महिना अगाडिको भएपनि भर्खरै मात्र प्रहरीमा उजुरी परेपछि घटनाले चर्चा पाएको छ । ३७ वर्षीय बिनित कानपुरस्थित पन्की पावर प्लान्टमा सहायक इन्जिनियरका रुपमा कार्यरत थिए । उनी पत्नी र दुई बच्चासहित कम्पनीको अफिसर कोलोनीमा बस्दै आएका थिए ।

गत मार्च ११ मा उनकी पत्नी जया त्रिपाठी बच्चाहरु लिएर होली मनाउनका लागि गोण्डास्थित माइतीघरमा गइन् । घरमा पत्नी आउँदा सरप्राइज दिन भन्दै मार्च १३ मा विनीत कपाल प्रत्यारोपण गर्न कानपुरकै एक क्लिनिकमा गए । जुन अनुष्का तिवारी नामकी एमबीबीएस डाक्टरले चलाउँदै आएकी थिइन् । अनुष्काले कपाल प्रत्यारोपणका लागि नदुख्ने सुई दिनेबित्तिकै विनीतको अनुहार सुन्निएर आयो । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारमा लागि अस्पताल भर्ना गरियो । कानपुरकै रिजेन्सी अस्पतालमा उपचारका क्रममा बिनितको मृत्यु भयो ।

घटना भएको दुई महिनापछि पत्नी जयाले डाक्टर अनुष्काविरुद्ध शनिबार रावतपुर प्रहरी स्टेसनमा उजुरी दर्ता गराएकी छिन् । पत्नी जयाका अनुसार उनलाई मार्च १४ मा अन्जान नम्बरबाट कल आएको थियो । ‘विनीतको अनुहार सुन्निएको छ, उसलाई अस्पताल भर्ना गरिएको छ’ भन्नेबित्तिकै फोन काटियो । जयाले फेरि त्यो नम्बरमा फोन गर्ने प्रयास गरिन् तर लागेन । कपाल प्रत्यारोपण गर्ने क्लिनिकका डाक्टरको पनि उनीसँग नम्बर थियो, त्यसमा फोन गरिन्, त्यो पनि स्वीचअफ थियो । त्यसपछि उनले कानपुरमा रहेका काकालाई यसबारे जानकारी गराइन् । उनीहरू गएर बुझ्दा विनीतको अवस्था गम्भीर भइसकेको थियो । भोलिपल्ट उनको मृत्यु भयो ।

लापरवाहीपूर्ण उपचारका कारण पतिको ज्यान गएको भन्दै उनले एफआरआई दर्ता गराएकी छिन् । जयाको उजुरीपछि प्रहरीले आरोपी डाक्टरविरुद्ध लापरवाहीपूर्ण उपचारबाट मृत्यु भएको भन्ने कसुरमा मुद्दा दर्ता गरेको छ ।

कपाल झरेर तालु भएका व्यक्तिका लागि आजकाल कपाल प्रत्यारोपणको राम्रो विकल्प छ । हामी कपाल प्रत्यारोपणबारे मिडिया तथा सामाजिक सञ्जालतिर अनगिन्ती विज्ञापन आइरहेको देख्न सक्छौँ । कपाल प्रत्यारोपण कस्तो ठाउँमा गराउने अनि कस्ता विशेषज्ञसँग गराउने भन्ने कुरा राम्रो जानकारी लिएर मात्रै सेवा लिनुपर्छ भन्ने कुरा भारतको एक घटनाले पाठ सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह