2026-10-05 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

2025-07-10

काठमाडौँ । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएकोे बताउनु भयो ।

उहाँका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरुलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उहाँको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उहाँले उल्लेख गर्नु भयो ।
“टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि) भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ” उहाँले भन्नुभयो । पालिकाहरु संग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उहाँले बताउनु भयो ।

उहाँले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनु हुदै डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले सार्ने रोग रहेको बताउनु भयो ।
“डेंगु सार्ने लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ” उहाँले भन्नुभयो, “यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ, लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा यसको मुख्य स्रोतका रुपमा रहेका छन ।”

पानी जम्ने भाँडाकुडाको पानी फाल्ने कार्य गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुखाइ हुने आँखाको पछाडि दुखाइ हुने, मांसपेशी र हड्डी दुख्ने, आदी हुने गरेको उल्लेख गर्नु हुदै उहाँले डेंगु रोगको कुनै विशेष औषधि नभएकोले पूर्व सतर्क रहि रोगको संक्रमण गराउने लामखुट्टेको टोकाईबाट बच्नु मुख्य उपाय रहेको बताउनु भयो ।
“शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि सकेका छौं” उहाँले भन्नुभयो, “कृष्णपुर नगरपालिकाका दुई ठाउमा कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ, अन्य डेंगुको जोखिम देखिएका ठाउमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । डेंगु रोग नियन्त्रणको लागि व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य अत्यन्तै जरुरी रहेको छ” पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “यस सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौ ।”
कञ्चनपुरमा चालु आबको साउन महिनादेखि हाल सम्म २९ जना व्यक्तिमा डेंगुको संक्रमण देखा परेको छ । वर्षाको समयमा अझै डेंगुको संक्रमण बढन सक्ने भएकाले सचेत हुनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन