२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२८ असार २०८२, शनिबार १४:५०
काठमाडौँ । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।
स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो । उहाँले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौँ । त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चारखर्चको व्यवस्था गरेका छौँ ।”
उहाँले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको उल्लेख गर्नुभयो ।
योग सिकाउने प्रशिक्षकले पनि अब प्रदेशको तालिम लिएर प्रमाण लिएपछि मात्रै गुरु बन्न पाउने व्यवस्था गरेको बताउँदै उहाँले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, वन मन्त्रालय, कृषिलगायत मन्त्रालयको कार्यक्रममा पनि स्वास्थ्यलाई जोडेर लैजाने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले पनि एमडी र एमबिबिएसको पढाइ सुरु गरेको बताउँदै उहाँले भक्तपुर अस्पताललगायत प्रदेश अस्पताल भवन, अधुरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिनगरी बजेटको व्यवस्थापन गरेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने बताउनुभयो । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको बताउँदै उहाँले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बाल मृत्युदर घटेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, खोप महाशाखा प्रमुख डा अभियान गौतमलगायतले खोप कार्यक्रमलाई आगामी दिनमा पनि प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले घरघरमा गएर खोप सुनिश्चितता गरेर शून्यमा झारेको बताउदै भक्तपुरमा कोही पनि बालबालिका खोपबाट वञ्चित हुन नपरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र कोही पनि खोपबाट बञ्चित हुन नपर्ने गरी दिगोपना दिने बताउनुभयो ।
त्यस अवसरमा चार वटा नगरपालिकाका र खोप सुनिश्चित घोषणामा सहयोग पु¥याउने निकायलाई सम्मान गर्नुका साथै महिला स्वयंसेविकाहरुलाई मन्त्री थापाले सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता