२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुग्यो

२६ श्रावण २०८२, आईतवार १३:४९

काठमाडौँ | कैलालीमा डेंगु रोगका बिरामीको संख्या ७६ पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीले सन् २०२४ भन्दा सन् २०२५ मा डेंगुका बिरामी केही घट्दो क्रममा रहेको बताए । सन २०२४ मा कैलालीमा डेंगु बिरामीकाे संख्या ५२० रहेकाे थियाे । धामीका अनुसार सन २०२५ का अझै केही महिना बाँकी रहेकाले संख्या बढने देखिएकाे छ ।

कार्यालयले संचालन गरेकाे लार्भाखोज तथा नष्ट गर्ने अभियान र सचेतना महिना जस्ता कार्यक्रमले केही घटेको हुन सक्ने उनले बताए । उनले भने,‘यो लामखुट्टेको टोकाईबाट लाग्ने एक किसिमको भाईरल रोग हो । बिहानको समय र बेलुकाको समयमा बढी सकृय हुने गर्दछ, त्यसैले यश वेला बच्न आवश्यक छ ।’हाल सुदूरपश्चिम भरि यो रोगका बिरामीको संख्या ३ सय ४५ रहेको उनले बताए । अहिले सम्मको तथ्यांकअनुसार बाजुरा र बझाङमा ५६ जना डेंगु रोगी रहेको उनले बताए । उनका अनुसार दार्चुलामा ७,बैतडीमा ३०, डडेल्धुरामा ५६,डोटीमा ३७,अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जना डेंगुका बिरामी रहेको उनले बताए ।

देशभरीमा ३ जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । मनाङ,डोल्पा,हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी रहेका छन् । देशभर २ हजार ७ सय २० जना डेंगु रोगका बिरामी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै