२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

२१ जेष्ठ २०७८, शुक्रबार ०६:२८

जेठ २१, चितवन (रासस) । यहाँको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २ः३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच सङ्क्रमितका विषयमा अन्तक्र्रिया हुने गरेको छ । प्रधानले भन्नुभयो, “सङ्क्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक÷एक गरेर हामी छलफल गर्छौँ।”

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्र्रियामा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

 सङ्क्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भन्नुभयो, “हामीले सङ्क्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।” यो अन्तक्र्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उहाँको भनाइ छ ।

शुरुका दिनहरुमा सङ्क्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ । प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो । यस मेडिकल कलेजले पहिलो लहरमा २२० सङ्क्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान