२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीर्घ कोभिड को कारणले के हुन्छ ?

२०७८, १२ असार शनिबार ०३:११

असार १२, काठमाडौं । सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड को कारणले हुन्छ भन्नेमा छ।

सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन्। उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन्।

‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन। हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन्। तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुनेछैनन्। क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्पतालमा भर्नासमेत भएका थिएनन्।

जतिबेला उक्त क्लिनिक खुल्यो, धेरै स्थानीय अस्पतालका चिकित्सकले हाइटमेनलाई फोन गर्न थाले। उनीहरू धेरै युवा तथा रोगका लक्षण नभएका बिरामीमा रोगका सघन लक्षण देखिएकोमा आचश्चर्यमा परेका थिए।

ती चिकित्सकको सबैको समान धारणा के थियो भने सुरुमा सामान्य लक्षण देखिएर त्यसपछि धेरै लक्षण एकसाथ देखिएका बिरामी अत्यधिक थिए। यी बिरामीमा रोगका लक्षण केही साता र महिनासम्म रहेको थियो।

यो चिकित्साको हिसाबले अनौठो घटना थियो। ‘यी बिरामीलाई अधिकतर अस्पतालले हेरेका थिएनन् किनभने रोगबाट निको भइसकेका बिरामीलाई हेर्ने पोस्ट कोभिड–१९ क्लिनिक उनीहरूसँगै थिए,’ हाइटमेन भन्छिन्।

समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर