२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा सिजनल भाइरलका बिरामी बढे, अत्यावश्यक औषधि अभाव

१६ आश्विन २०७८, शनिबार ०९:३९

असोज १६ , रसुवा, न्युज कारखाना । कोभिड १९ संक्रमण नियन्त्रणउन्मुख भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि वृद्धवृद्धासम्म सिजनल फ्लु भाइरल देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनीहरुमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने नेगेटिभ पाइएको छ । जिल्लाको जिबजिबे ग्रामिण अस्पताल, रसुवा अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा सिजनल फ्लु भाइरलका बिरामीहरु बढेका छन् । 

कडा खालको ज्वरो आउने, कडा खालको खोकी लाग्ने, निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, घाटी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिएका विरामीहरु आउने गरेको जिल्लाका स्वास्थ्य संस्थाहरुले बताएका छन् । यस्ता समस्या लिएर अस्पताल आउनेमा अधिकांश बालबालिका रहेको बताइएको छ । रसुवा अस्पतालका डाक्टर कौशिक सापकोटाकाअनुसार १७ दिनको नवजात शिशुसमेत श्वास फेर्न गाह्रो हुने, खोकी लाग्नेलगायतको समस्याले अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि अक्सिजन दिई विरामीको उपचार भइरहेको उनले बताए । अहिले २ वर्षसम्मका बालबालिका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रस्वासमा समस्या देखिएको भन्दै अस्पतालमा आइरहेका छन् । 

जिबजिबे ग्रामिण अस्पतालमा पनि कडा खालको ज्वरो तथा खोकी, निमोनियालगायतको समस्याका बिरामी आउने क्रम बढेको अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । एक सय ४ डिग्रीदेखि एक सय ६ डिग्रीसम्म ज्वरोका बिरामीहरु आइरहेको उनले बताए । जसमा बालबालिका धेरै छन् । यस्ता समस्या देखिएका बालबालिकामात्रै दैनिक १५ जनाभन्दा बढी अस्पतालमा आइरहेको उनले बताए । अन्य व्यक्तिहरु भने दैनिक १० जनाभन्दा बढी आइरहेका छन् । ‘अहिले कडा खालको ज्वरो, खोकीलगायतको समस्या देखिएका बिरामी बढेका छन्, त्यसमा पनि धेरैजसो बालबालिकामा समस्या देखिएको छ,' उनले भने, 'अहिलेसम्म रिफर गर्नुपर्न अवस्था आएको छैन, तर केसहरु धेरै आएको छ, भाइरल सिजनल फ्लुको केसहरु धेरै देखिएको छ ।'  

स्वास्थ्य समस्या देखिएका उनीहरुमा कोरोना परीक्षणको क्रममा भने नेगेटिभ आएको उनले बताए । ‘धेरै समस्या भएर आएका बच्चाहरुमा कोरोना भए/नभएको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर नेगेटिभ आएको छ । समस्या देखिएकाहरुमा एक सातासम्म लगातार कडा ज्वरो, खोकीलगायतको समस्या देखिएको छ, समस्या लिएर अस्पताल आएकाहरुलाई औषधि दिएर पठाउने गरेका छौं, निरन्तर समन्वय पनि गरिरहनुभएको हुन्छ,' उनले भने । 

सिजलन फ्लु भाइरलका बिरामीको अवस्था जटिल भए जिल्लामा उपकरण नहुँदा उपचारमा समस्या हुने रसुवा अस्पतालका डाक्टर सापकोटाले बताए । 'सिजलन फ्लु भाइरसका लक्षण देखिएका बालबालिकामा धेरै गाह्रो भएको अवस्थामा रिफर गर्नुपर्ने हुन्छ, किनभने बालबालिकाको केस सेन्सेटिभ हुन्छ, धेरै गाह्रो भएको बच्चाहरु आउँदा जिल्लामा आईसीयू छैन, सिटीस्क्यान छैन । यस्तो बच्चाहरु रेफर गर्नुपर्ने हुन्छ,' उनले भने, 'कहिलेकाही कन्सल्डटेन्ड नहुँदा नुवाकोट तथा अन्य स्थानमा रिफर गर्नुपर्ने हुन्छ, कन्सरटेन्ट नहुँदा कतिपय हामीले यहीँ गर्न सकिन्छ भन्दा भन्दै पनि गर्न सकिरहेको छैनौ ।'   

अहिले जिल्लामा श्वासप्रश्वासको विरामी आए श्वासप्रश्वासको नली खुलाउन प्रयोग हुने औषधिको अभाव रहेको डाक्टर सापकोटाले बताए । 

जिल्लामा आईसीयू, भेन्टिलेटरलगायतका अत्यावश्यक उपकरणको सुविधा नहुँदा जटिल प्रकृतिका विरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान