२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

१७ वर्षमै १३६ केजीका भए गणेश, मोटोपन बढिरह्यो भने के गर्ने परिवारलाई चिन्ता

२०७८, १७ आश्विन आईतवार ०६:४६

असोज १७ , मोरङ , न्युज कारखाना । सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ ? तपाइँहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी वा त्योभन्दा बढी ? तपाइँहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल एक सय ३६ केजी छ भनेर सुन्दा । 

धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ । औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ । उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यामिक विद्यालय कक्षा–१० मा पढ्छन् ।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा नै ६० किलोका थिए । जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो। गणेशको खानपान र दैनिकी सामान्य छ । घरको सानातिना काममा पनि उनी सघाउँछन् । तर, उनको शरीरले चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, ‘विद्यालय जान र आउन नै गाह्रो लाग्छ ।’

मोटो शरीर भएकाले उनको नाम नै गणेश राखिदिएको बाबु मानबहादुरले बताए । तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने, ‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’

मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन् । स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ । नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन ।’ 

स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढंगले बढिरहेको छ।

मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत मानिसको झैँ छ । गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउनसमेत आर्थिक अभाव रहेको उनकी दिदी सरस्वतीले बताइन् ।‘भाइ धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाइ सकेर अन्यत्र गएर पढाउन भाइलाई मोटो शरीरले गाह्रो हुन्छ ।’१७ वर्षको उमेरमै उनको तौल एक सय ३५ किलो पुगिसकेको छ । उनको तौल यही हिसाबले बढ्ने हो भने के होला ? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा