२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप ७ हजार जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि

२०७८, १४ मंसिर मंगलवार ०७:११

मंसिर १४, नयाँ दिल्ली | भारतमा थप ६ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सङ्ख्या निकै कम हो। भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए।

भारतमा अहिले कोरोना सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५ सय ४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ।

एउटै समयमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएको हो। भारतमा अहिलेसम्म थप तीन करोड ३० लाख १८ हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश