पुस २६, चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कोरोना सङ्क्रमण बढ्दो

२६ पुष २०७८, सोमबार ०८:१६

पुस २६, चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार सङ्क्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३÷३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ जना रहेको छ । जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् । 

यस अघिका दिनमा सङ्क्रमितको सङ्ख्या कम थियो । पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा सङ्क्रमण देखिएको थियो । एकाएक यो सङ्ख्या बढेको हो । 

चालू आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना सङ्क्रण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना सङ्क्रमण देखिएकोमा भदौमा यो सङ्ख्या घटेर एक सयको हाराहारीमा आएको थियो । 

यस्तै असोज/कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना सङ्क्रमण मङ्सिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको सङ्क्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सातापछि कोरोना सङ्क्रमण दर उच्च बन्ने खतरा छ ।” सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला