पुस २७,चितवन | चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । 

पहिलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७,चितवन | चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । 

पहिलो "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

२७ पुष २०७८, मंगलवार ०८:१०

पुस २७,चितवन | चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । 

पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल दुई लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक एक हजार ८६७  र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने उहाँले जानकारी बताउनुभयो ।

यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ , भेरोसेल एक लाख ९६ हजार ७२९ , जोन्सन ३८ हजार ६७०  र फाईजर बायोएनटेक एक हजार ७५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी छ । कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेको उहाँको भनाइ छ ।

पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । विदेश जानेहरुको सङ्ख्या पनि ठूलै रहेको उहाँको भनाइ छ ।

जिल्लामा १८ वर्षमाथिको जनसङ्ख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ । यस हिसाबले खोप लगाउन बाँकी सङ्ख्या न्यून देखिन्छ । तर जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको सङ्ख्या अधिक रहेको छ ।

कार्यालयका प्रमुख भन्नुभयो,“पछिल्लो समय खोप लगाउन आउने बाहिरी जिल्लाबाट यहाँ आएका विद्यार्थी, कामदार, मजदूर बढी देखिएका छन् ।” यसैलाई लक्षित गरी खोप कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको तिवारीले बताउनुभयो । उहाँले खोपको अभाव नरहेको जनाउँदै भन्नुभयो, “जिल्लामा खोपको अभाव छैन, माग बमोजिम समयमै खोप आइरहेको छ ।” पछिल्लो समय माग गरेको छोटो समयमा नै खोप आइपुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…