२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्याङ्गजा - SNJ

वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन

२ माघ २०७८, आईतवार १०:३१

माघ २, वालिङ | स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ । 

रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका पर्वत, गुल्मी, पाल्पा जिल्लाका केही भेगका मिर्गौलाका बिरामीलाई सहजता हुनेभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सेन्टरमा आठ वटा मेसिनबाट डायलासिसको काम सुरु गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले बताउनुभयो ।

उहाँका अनुसार हाल आठवटा मेसिन राखेर सुरु गरिएको डायलासिस गर्ने कार्यलाई बढाएर एघार वटा पु¥याइने छ । मिर्गौलाका बिरामीको उपचारमा सहजताका लागि डायलासिस सेन्टर वालिङमा स्थापना गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

सेन्टर वालिङमै स्थापना भएर कार्य थालेसँगै स्याङ्जाको वालिङसहित छिमेकी जिल्लाका मिर्गौलाको उपचार गर्नुपर्ने नागरिकलाई पनि सहजता हुने प्रमुख खाँणले बताउनुभयो । स्याङ्जा जिल्लाको मध्यभाग वालिङमा सेन्टर स्थापना हुनुले पनि सम्बन्धित बिरामीलाई टाढा जानुपर्ने अवस्थाको अन्त्य भई छिटोछरितो र निःशुल्क हुने भएपछि निक्कै प्रभावकारी हुने रोटरी क्लब अफ वालिङका अध्यक्ष युवराज पाठकले बताउनुभयो । 

रोटरी क्लब अफ वालिङले गरेको प्रस्तावलाई रोटरी इन्टरनेशनलले सेन्टर सञ्चालनका लागि रु पाँच करोड ५३ लाख सहयोगस्वरुप उपलब्ध गराएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । माघ १ बाट सञ्चालनमा आएको सेन्टरले दैनिक १६ जना मिर्गौलाका बिरामीको डायलासिस गर्न सकिने छ ।

सेन्टरमा डायलासिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउने र त्यहीँबाट भुक्तानी लिने भएकाले बिरामीलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष पाठकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा