माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन,"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै

२०७८, ५ माघ बुधबार ०९:३३

माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताउनुभयो । “ वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमा पठाउने गरिएको छ”, प्रजिअ पाण्डेले भन्नुभयो, “ वडामा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको निगरानी गर्ने गरेका छन् ।” मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिदैन् ।

तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताउनुभयो । यहाँको सालघारीमा होल्डिङ्ग सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्र्ट«क्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ अरु सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ ।” उहाँले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताउनुभयो । “ रु २९ करोड २४ लाखको ठेक्का भएपनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं”, उहाँले भन्नुभयो, “ गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो ।”

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुवँरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो । “ बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ”, उहाँले भन्नुभयो, “ सरकारको निर्देशन अनुसार पालिकाहरुमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ ।”

उहाँले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताउनुभयो । “ भारतबाट आउनेहरुलाई गड्डाचौकीमा रहेको होल्डिङ्ग सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं”, उहाँले भन्नुभयो, “ कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरुको सङ्ख्या बढिरहेको छ ।”

यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ । सङ्क्रमित देखिएकाहरुलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन