माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन,"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै

५ माघ २०७८, बुधबार ०९:३३

माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताउनुभयो । “ वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमा पठाउने गरिएको छ”, प्रजिअ पाण्डेले भन्नुभयो, “ वडामा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको निगरानी गर्ने गरेका छन् ।” मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिदैन् ।

तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताउनुभयो । यहाँको सालघारीमा होल्डिङ्ग सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्र्ट«क्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ अरु सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ ।” उहाँले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताउनुभयो । “ रु २९ करोड २४ लाखको ठेक्का भएपनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं”, उहाँले भन्नुभयो, “ गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो ।”

स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुवँरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो । “ बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ”, उहाँले भन्नुभयो, “ सरकारको निर्देशन अनुसार पालिकाहरुमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ ।”

उहाँले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताउनुभयो । “ भारतबाट आउनेहरुलाई गड्डाचौकीमा रहेको होल्डिङ्ग सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं”, उहाँले भन्नुभयो, “ कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरुको सङ्ख्या बढिरहेको छ ।”

यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ । सङ्क्रमित देखिएकाहरुलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पुर्याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान