२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

१७ माघ २०७८, सोमबार ११:०१

माघ १७, बागमती | कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।

सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो ।  

उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताउनुभयो । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौँडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उहाँको भनाइ रहेको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।

हाल अस्पतालमा नौ कारोनाका बिरामी उपचारत रहेको अस्पतालका  सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले बताउनुभयो । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान