२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा ५२१ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

२०७८, १ फाल्गुन आईतवार १२:१२

फागुन १, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् । काठमाडौँ उपत्यकामा आज १५० मा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा सात हजार ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा सङक्रमण देखिएको छ । 

हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने