१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा तीनजनाको मृत्यु

६ आश्विन २०७९, बिहीबार ११:३४

असोज ६, बुटवल | डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।


पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगु संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।

प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म दुई हजार ६८३ जनामा डेंगुको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगु संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

तर, लुम्बिनी प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए । रूपन्देहीमा पहिलोपटक २०६७/६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६/७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगु रोकथाम अभियान शुन्य भएपछि डेंगु संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम मन्त्रिपरिषद् बैठक जारी काठमाडौंबाट धनुषा आइरहेको बसमा एक यात्रु मृत फेला अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक कास्की उच्च अदालतमा रविले दिएको निवेदनमाथि सुनुवाइ हुँदै, न्यायाधीश राईको इजलासमा पेशी अल-हिलालसँग नेयमारको सम्झाैता रद्द