२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?

२२ कार्तिक २०७९, मंगलवार ०६:३३

कात्तिक २२, काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस। हरेक वर्ष ८ नोभेम्बरमा विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ।

८ नोभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए। उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ।विल्हेल्मको जन्म सन् १८४५ मा जर्मनीमा भएको थियो। उनले फिजिक्समा मास्टर्स गरेका थिए र ज्यूरिख विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए। उनलाई नै किरणहरूको नयाँ सेट पत्ता लगाउने श्रेयसमेत दिइन्छ। त्यो समयमा यो विषय अज्ञात रहेको थियो, जुन पछि एक्स–रेको रूपमा प्रसिद्ध भयो।


सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो। युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो।

एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्छ।

रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन्। मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ।

साधारण एक्स–रेमा कुन कुन प्रविधि प्रचलनमा छ्न?

साधारण एक्स–रेलाई ‘रेडियोग्राफी’ भनिन्छ । रेडियोग्राफी प्रविधिलाई परम्परागत (एनालग) र डिजिटल गरि दुई भागमा छुट्ट्याउन सकिन्छ।

परम्परागत प्रविधिमा बिरामीको अंगहरु प्रत्यक्ष एक्स–रे फिल्ममा खिची त्यसलाई अध्यारो कोठामा लगेर धुलाई एक्स–रेको तस्वीर बनाइन्छ । डिजिटल प्रविधिमा बिरामीको एक्स–रे इमेजिङ्ग प्लेटमा कैद गरि त्यसलाई डिजिटाइजर र कम्प्युटर प्रविधिमार्फत डिजिटल प्रारुपमा रुपान्तरण गरिन्छ। डिजिटल प्रारुपमा रहेको एक्स–रे तस्बिरलाई आवश्यक सम्पादन,रुपान्तरण र स्थानान्तरण  गर्न सकिन्छ।

डिजिटल प्रविधिमा एक्स–रेको तस्बिर फिल्म वा कागजमा छुपाउनुका अलावा सिडि,डिभिडी,पेन ड्राइभमा सार्न,इमेल गर्न र विभिन्न प्रारुपमा एक कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाउन सकिन्छ। परम्परागत रेडियोग्राफिको तुलनामा डिजिटल रेडियोग्राफीको उपयोगिता र मूल्य दुबै बढी हुन्छ।

डिजिटल रेडियोग्राफी पनि कम्प्युटेट रेडियोग्राफी (सि.आर) र डाइरेक्ट डिजिटल रेडियोग्राफी(डि.डि.आर. वा डि.आर)  गरि दुई प्रकारको हुन्छ। डाइरेक्ट डिजिटल रेडियोग्राफी तुलनात्मक रुपमा अरु प्रविधि भन्दा महँगो हुनुका साथसाथै बढि गुणस्तरीय र कम विकिरणको प्रयोग हुने प्रविधियुक्त हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो