१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

८ माघ २०७९, आईतवार ०६:२८

माघ ८, काठमाडौँ | बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो । 


मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी हुनुहुन्छ । 

बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगञ्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गर्नुभएको छ । उहाँले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नाका साथै विभिन्न वार्डको समेत अनुगमन गर्नुभएको छ । 

उहाँले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिनुभएको छ । अस्पतालका बारेमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह